WHAT'S NEW?
Loading...
गीत
देख्छु हाँसो जोरीपारी,आफ्नै भाग्य खोटो सम्झे।
भक्कानिएँ घरी घरी,सिरानीको फोटो सम्झे।।

सोचे केहि भयो अर्कै,बिधाताले खेल खेल्यो।
फुल्दै थियो कोपिलामै,भमराको दु:ख झेल्यो।।
छैन धन मन मात्र,फाट्या मैलो भोटो सम्झे।
देख्छु हाँसो जोरीपारी,आफ्नै भाग्य खोटो सम्झे।
हुदा तिमी महलमा,खुल्ला मेरो छानो थियो।
पिजा बर्गर थाहा छैन,दुखियाकै मानो थियो।।
हुन्न मिलन धर्ती नभ,आफ्नै बुद्धि मोटो सम्झे
देख्छु हाँसो जोरीपारी,आफ्नै भाग्य खोटो सम्झे।
छैन पीर कती पनि हुदा तिमी पराईको।
उपहारनै सम्झि लिएँ चोखो माया गराईको।।
बाँच्ने रहर घटे पछि जिन्दगानी छोटो सम्झे।
देख्छु हाँसो जोरीपारी,आफ्नै भाग्य खोटो सम्झे।
♥ निराजन प्रभात लुइँटेल
मुक्तक

मै मरेको सपना, देखेछु आज मैले।
माथि बाट आफैंले, हेरेछु आज मैले।

कोहि  रुँदै - हाँस्दै ,  उठाउँदै  लास  मेरो,
आफु आफै जल्न कफन, फेरेछु आज मैले।

♥ कृष्ण प्यासी, झापा।
मुक्तक

सपना ति साँच्नु पनि ब्यर्थ रैछ हजुर।
एक्लै एक्लै बाँच्नु पनि ब्यर्थ रैछ हजुर।

फुल्ने फल्ने भएदेखी योमन पाकी सक्थ्यो,
सम्बन्ध ति जाँच्नु पनि ब्यर्थ रैछ हजुर |

♥ सावित्रा लुईटेल घिमिरे, झापा।